Section 38
वातावरण संरक्षण योजना तर्जुमा गर्ने
(१) स्वच्छ र स्वस्थ वातावरण कायम गरी सोको संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकारले वातावरण संरक्षण योजना तर्जुमा गरी कार्यान्वयन गर्नेछ।
(२) उपदफा (१) बमोजिमको योजनाको अधीनमा रही प्रदेश सरकार तथा स्थानीय तहले वातावरण संरक्षणका लागि आवश्यक योजना बनाई कार्यान्वयन गर्न सक्नेछन्।
(३) उपदफा (१) र (२) बमोजिमको योजना तर्जुमा गर्दा वातावरण संरक्षण, संवर्द्धन, दीगो उपयोग र वातावरणीय स्रोतहरुको उपयोगबाट प्राप्त लाभको समन्यायिक वितरणसँग सम्बन्धित परम्परागत र स्थानीय अभ्यासलाई योजनामा समावेश गर्नु पर्नेछ।
(४) उपदफा (१) बमोजिमको योजनामा तोकिए बमोजिमका अन्य विषयहरु समावेश गरिनेछ।